पहिलो प्रेम: मिलन | Deepshikha Pandey | Bipin Joshi |

1 year ago
5

This is the presentation of Team Brothers Reloaded

Title: पहिलो प्रेम: मिलन

Performed By: Bipin Joshi
Written By: Deepshikha Pandey

Music credit: https://www.chosic.com/

आफ्नो कथा teambrothersreloaded@gmail.com मा पठाउन सक्नुहुनेछ!

आज तिमीलाई आफ्नो भन्न पाउदा तिम्रो माया पाउदा र तिम्राे मनमा मेराे लागी मेरेा जस्तै भाव जागरूक हुदा मलाई सारा संसार जिते जस्तो लाग्छ। तिमीसँग आफ्ना सुख दु:ख निर्धक्क बाँड्न पाउदा मेरो बिच्लित मन स्थिर शान्त र खुसी हुन लागेको छ। तिम्रै तस्बिर नियालेर मेरो दिन बित्छ।तिमीसँगका हरेक पल यति मूल्यवान छन् खै कुन शब्दकोषका शब्द साभार गरू भावना व्यक्त गर्न भेट्दै भेटिन । यो हावाको सितल स्पर्स पनि मलाई तिम्रै सन्देश बाहाक लाग्छ ।तिम्रो अङ्गालोमा जत्तिको सुरक्षित सायद नै कुनै ठाउँ होला । तिमीसँगका हरेक भेटमा चिया पिउँदै तिम्रो नयनमा हराउने खै कति बेर सम्म चल्छ कुन्नि तर जब दुई मुटु मिल्छन् तब आखाँ नै काफी हुँदो रहेछ शब्द भन्दा बढी त यि लजालु नयन बोल्छन् ।आज तिमीलाई पाउदा म आफूलाई सौभाग्यशाली महसुस गर्छु। तिमीसँगको यो प्रेमको बन्दनले मलाई आजाद पन्छी जस्तो महसुस गराउछ। तिम्रो हात थामेर त्यो सडकमा हिँड्दा लाग्छ तिमीलाई त जित्न सके, तिम्रो मनमा त राज गर्न सके भने जाबो यो संसार त के नै हो र?? प्रेमको समुद्रमा सहिर यो जलयात्रु तिम्रो सितल मायाको सितल छाहारी मुनी मन खोलेर भावना बिसाउन पाउने म भाग्यशाली नै हो।तिम्रो प्रेम नै होला मलाई यो संसार जित्न सक्छु भन्ने आँट दिने। तिम्रो आगमन पछि त मेरा सारा समस्या र दु :ख मलाई साना लाग्न थाले।मेरो मुहारमा चमक र हृदयमा खुसी हुनुको कारण केबल तिमी हौ। तिमी सदैब यसरी नै मुस्कुराउनु यहि नै मेरो प्राथना ।
निर्धक्क हुन्छ यो मन जब हुन्छु तिम्रो साथमा
तिम्रै समिप खै किन यत्ति खुलेर हाँस्छ मेरो आत्मा
यसरी नै तिम्रो हात थामी जिन्दगी बिताउने रहने रहर छ मेरो
प्राथना यत्ति मेरो सदैव यस्तै रहिरहोस् यो प्रेम हाम्रो......

Music credit: https://www.chosic.com/
© Copyright Team Brothers Reloaded

#storytelling #nepali #nepalistory #monologue

Loading comments...