Garibko Phateko Choli I Pema Dechen Tamang I Nabin Sangharsa I Anam Upekshit I Adhunik Geet 2022

2 years ago
9

गीत
जिन्दगी, मेरो जिन्दगी

गरिबको फाटेको चोलीजस्तै भो मेरो जिन्दगी
मुसाले काटेको झोलीजस्तै भो मेरो जिन्दगी ।

म झुक्दै झुक्दिन, म रुक्दै रुक्दिन भन्थेँ भन्न त
हिमनदी भै बग्छु, म सुक्दै सुक्दिन भन्थेँ भन्न त
हिउँदको खहरे खोलीजस्तै भो मेरो जिन्दगी
बिरामी मान्छेको बोलीजस्तै भो मेरो जिन्दगी ।

फूलजस्तै फुलेर, झर्न'नि भुलेर बाँच्न चाहन्थेँ
मनभरि खुसीको हूल नै हुलेर नाच्न चाहन्थेँ
बिग्रेको बन्दुकको गोलीजस्तै भो मेरो जिन्दगी
हारेको सैनिकको टोलीजस्तै भो मेरो जिन्दगी ।

Loading comments...