SHIKHAR CHUMNE RAHAR (Shattered Dream of Two Famous Rising Nepali Artists)

8 months ago
51

Song: Shikhar Chumne Rahar; Lyrics: Bharat Joshee; Suno AI: Vocal and Music

शिखर चुम्ने उकालीमा

शिखर चुम्ने उकालीमा,
आज तिमीले फालिदियौ किन?
बेहोसमा होस् निकाली,
न्याय माग्दै हिँडेकी छु म।

🌿 Verse 1

के भयो, के था पत्तो भएन,
एकै छिनमा सपनी हुरीले उडाएछ।
ऐया आमा, ऐया बाबा,
भन्दै बरबराएकी छु म।

💔 Bridge

माया दिन्छु भनेर आयौ,
धोकै धोका दिएर गयौ।
भमरा बनी घुम्दै-घुम्दै,
किन मलाई छटपटी गरायौ?

🌸 Verse 2

सदाबहार सबको प्यारो,
हामी दुवै रमाएकै थियौँ।
अहिले भने रस चोरी,
छोडी तिमी किन गयौ?

🎵 Chorus

तिमीले दिएका ती बाचा,
आउँछ झलझल्ती।
गौँथलीको माया बुनी,
घुम्थ्यौ मेरै वरिपरि।

🌧️ Verse 3

पहिले तिम्रो सम्झनाले,
माया बोकी आउँथ्यो।
अहिले भने त्यही क्षणले,
काँडा बनी घोच्यो।

🔥 Bridge

चोखो माया दिएकै थिएँ,
पर्खी बस्छु भनेकै थिएँ।
सपनाहरू धुलो पार्यौ,
तिमीले त्यसै आज किन?

🌙 Verse 4

के नै मतलब छ र तिमीलाई?
मलाई के भैराछ?
किन-किन मलाई आज,
बेचैनीले सताइरहेको छ।

🎶 Chorus (Repeat)

पहिले भने फुलैफुलको,
स्वर्णिम माला बुन्थ्यौ।
अहिले भने त्यही माला,
काँडा भनी फाल्यौ।

🌅 Outro

मैले "नाइँ" भन्दा पनि,
पिछा गरी हिँड्यौ।
अहिले किन बाचा तोडी,
मलाई छोडी गयौ?

जिन्दगीमा यस्तो पनि,
पहल आउँदो रहेछ।
नसोचेको पीडा पनि,
किन भोग्नु परिरहेछ?

[End]

Loading 1 comment...